हेटौंडा : बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–सिस्नेरी–दक्षिणकाली र भैसे–पालुङ–नौबिसे सडकखण्ड अवरूद्ध बनेको छ। भीमफेदी गाउँपालिका–८ कोगटेमा गएको पहिरोले बाटो भासिँदा शुक्रबार रातिदेखि कान्ति लोकपथ अवरूद्ध बनेको छ। यस्तै,