खाँण र रायमाझीसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौँ अदालतले अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौँ जिल्ला अदालत लगेको थियो...