भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो

भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन