चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब