भिक्टर नभरोस्कीले न्युयोर्क विमानस्थल पुगेपछि थाहा पाउँछन्, सैन्य 'कु'ले देश गृहयुद्धमा परिणत भइसक्यो । गृहयुद्धको प्रभावले विमानस्थलमा उनको पासपोर्ट जफत गरिन्छ । बिना पासपोर्ट न उनी न्युयोर्क प्रवेश गर्न सक्छन् न देश फर्कन । अंग्रेजी बुझ्दैनन्, बोल्न पनि सक्दैनन् । 'एस- नो' र 'थ्यांक्यू' को भरमा भिक्टर ९ महिना उक्त विमानस्थलमा अड्किन्छन् । आफ्नो गन्तव्यसम्म पुग्नका लागि टर्मिनल भवनभित्रै महिनौं खुम्चिएर भिक्टरले संघर्ष गर्छन् ।