आफ्नी आमा र संगीताको प्रतिकृयारूपी बहस पढेर बिमलीकी छोरीले पनि जवाफमा प्रतिकृयामा यस्तो लेखी, ‘कहिल्यै पनि कसैलाई प्याच्च केही भनी हाल्नु हुन्न। भोलिको दिनमा खान्न भनेको कुरा खानुपर्छ, जान्न भनेको ठाउँमा जानुपर्छ, लाउँदिन भनेको कुरा लाउनुपर्छ। अरूलाई लाएको बचन आफैलाई फर्किन सक्छ तर बाध्यताले पेण्टसम्म त लाउनै पर्छ विदेशमा । हजुरले त हाफ़्पेण्ट नै लाउनुपर्ने बाध्यताचाहिँ के थियो कुन्नि !’