मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : कर्णाली प्रदेशको विजयी सुरुवात

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो ।