नेपाल कानून समाजले न्यायपालिका भित्रका विकृतिको अन्त्य गरी न्यायपालिकाप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको जनाएको छ ।
न्यायालयभित्र सुधारको मागसहित नेपाल बार एशोसिएशनको जारी शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै जारी विज्ञप्तिमा समाजले आन्दोलनरत कानून व्यवसायीप्रति अदालत परिसरमै भएको प्रहरी हस्तक्षेपलाई दुर्भाग्यपूर्ण भनेकोे छ ।
समाजका अध्यक्ष तीर्थमान शाक्यले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयभित्र देखिएका सबैखालको विकृतिको अन्त्य हुनुपर्छ भन्नेमा आफूहरू प्रस्ट रहेको उल्लेख गरे ।
समाज विगत ४० वर्षद...