समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत २० लाखभन्दा बढी लाभान्वित

काठमाडौं : चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्। यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए।  नेपाल प्रहरीको कार्ययोजना २०८० र प्रहरी महानिरीक्षकज्यूसँग प्रदेश प्रहरी प्रमुखहरूले गरेको कार्य सम्पादन सम्झौता अनुसार यी कार्यक्रमहरू भएका हुन्।सो अवधिमा काठमाडौं उपत्यकामा २ हजार ७०७ वटा, कोशी प्रदेशमा १४ हज

सम्बन्धित सामग्री

छ महिनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत २० लाख ६२ जना लाभान्वित

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र प्रहरी महानिरीक्षकज्यूसँग प्रदेश प्रहरी प्रमुखहरूले गरेको …

कर्णाली प्रदेश प्रहरी : ६ महीनामा २९ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । न्यून स्रोत साधन र जनशक्ति अभाव हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रहरीले तोकिएका लक्ष्य सफलतापूर्वक पूरा गर्दै आएको पाइएको छ । प्रदेशका १० ओटै जिल्ला प्रहरीद्वारा कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको ६ महीनामा प्रदेश प्रहरी कार्यालयले विभिन्न शीर्षकबाट २९ करोड ८३ हजार ५२४ रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरू १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महीना २८ दिन कैद सजाय भुक्तानसँगै १६ लाख १० हजार ८०० रुपैयाँ जरिवाना असुल उपर गरेको छ । यो अवधिमा दुर्घटना दरमा न्यूनीकरणका लागि ७६७ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ लाख ६९ हजार ७९० जना लाभान्वित गराइएको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा प्रदेशभर सवारी दुर्घटना २०३ ओटा भएको थियो भने सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र ५१५ जना घाइते भएका छन् । यस्तै भन्सार छलीका लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामाग्रीसहित १ करोड ३४ हजार ५६४ रुपैयाँ बराबरको राजस्व असुली भएको छ । यसैगरी नदी तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानूनी उत्खनन तथा ओसारपसारमा संलग्न ५८ सवारीसाधन र ५१ जनालाई कारबाही गरी २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महीनामा ३४८ जना प्रहरीलाई पुरस्कृत गर्नुका साथै १५८ जनालाई कारबाही गरिएको छ । विभिन्न निकायको समन्वयमा विभिन्न स्थानमा ४४ थान सीसीटीभी जडान तथा ४० ओटा मर्मत गरी २४५ स्थानमा सीसीटीभीको व्यवस्था गरिएको बताइएको छ । यस्तै अवैध हातहतियार २४ थान बरामद र १५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । सो अवधिमा लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागूऔषध, घरेलु हिंसा लगायत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ ओटा भएका छन् ।