प्रसिद्ध समालोचक क्लिन्थ ब्रुकले भनेका छन्, ‘विरोधाभास कविताको सबैभन्दा उपयुक्त र अनिवार्य भाषा हो ।’ यसमा विमति राख्न त सकिएला, तर विरोधावासी पदहरूको सङ्गति कवितालाई कलात्मक बनाउने एउटा शक्तिशाली उपकरण हो भन्नेमा विमति राख्नुपर्ने कुनै कारण छैन । विरोधाभासको एउटा प्रारूप ओक्जिमोरोन अर्थात् विरोधाभासी शब्दहरूको एकसाथ प्रयोग हो— जस्तो, ‘उज्यालो अन्धकार’, ‘जिउँदो लाश’, अथवा ‘एकान्त भीड’ ।