पहिलो डोज चिनियाँ खोप लगाएर गाउँ पुगेकाहरुलाई स्थानीय तहमा नाम टिपाउन मन्त्रालयको अनुरोध

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको खोप अभियान सञ्चालन भइरहेको छ । निषेधाज्ञाकै बीचमा उपत्यकामा खोप दिन सुरु गरिएको हो । वैशाख दुई गतेदेखि काठमाडौं, ४ गतेदेखि भक्तपुर र ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो मात्रा दिन थालिएको छ । तर, वैशाख  १६ गते निषेधाज्ञा घोषणा हुनुभन्दा दुई दिनअघि पहिलो मात्रा भेरोसेल खोप लगाएका धेरै जना आफ्नो गाउँँ फर्किएका छन् । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन उपत्यकामा नभएका व्यक्तिले तत्काल स्थानीय तहमा नाम टिपाउन स