दोविल्ला–फलेवास सडक कालोपत्रे धमाधम

पर्वतको दोविल्ला–फलेवास सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ ।१६ किलोमिटर लामो यो खण्डअन्तर्गत घोइनौला–चन्दनी सडक खण्डको कालोपत्रे सुरु भएको हो । २०५७ सालमा नै ट्रयाक ओपन भइसकेको उक्त सडकको दुई दशकपछि कालोपत्रे भएको हो ।गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत घोइनौलादेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ […]