कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ।
बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए।
लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलि...