सिमरा : निजगढ नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताल्चा खोलेर काम गर्ने वातावरण बनाइदिन माग गर्दै कार्यपालिका सदस्यहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्। नगर प्रमुखले नै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाउनु प्रशासनिक नियमविपरीत भएको र यसबाट नियमित कार्य संचालनमा अवरोध सृजना भएको भन्दै ध्यानाकर्षण गराइएको हो। प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की बिदामा रहेका बेला नगर प्रमुख सुरथ पुरीले विशेष पहलमा मकवानपुरको थाहा नगरपालिकामा कार्यरत ह