बागमती प्रदेश अधिकृत छैटौं सामान्य प्रशासन समूहको विज्ञापन खुलाएर प्रथम चरणको नतिजा प्रकाशन भइसकेपछि सिट संख्या घटाएकोमा आपत्ति जनाउँदै बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।
मर्का परेका परीक्षार्थीका तर्फबाट अधिवक्ता कृष्णसिंह महराले सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
गत माघ १२ गते आयोगले खोलेको विज्ञापनमा साउन १७ गते सिट संख्या खुलामा ४४ बाट १८ र महिलामा ११ बाट ७ जना कायम गरिएको छ ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा २३ र २६ विपरीत सिट घटाएको निर्णयविरुद्ध सर्वोच्च अदाल...