भारतमा एकै दिन तीन हजार सङ्क्रमितकाे ज्यान गयाे, ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्याे

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको थियो । एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् ।  भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । काेराेनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ । अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक कराेड ७९ लाख भन्दा...