जापानले देशभरका निस्क्रिय आणविक ऊर्जा संयन्त्र पुनः सञ्चालन गर्ने भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले देशको उर्जा आपूर्ति तथा मूल्यलाई सन्तुलित बनाइराख्न निस्क्रिय उर्जा केन्द्र पुनः सञ्चालन गर्न लागेको जानकारी दिए । एक दशकअघि फुकुशिमा आणविक केन्द्रमा दुर्घटनापछि जापानले सम्पूर्ण आणविक उर्जा केन्द्रहरु बन्द गरेको थियो । त्यसपछि नौ आणविक रियाक्टर पछि सञ्चालन गरियो । सन् २०११ मा आएको भूकम्प र सुनामीले फुकुसिमा आणविक केन्द्रलाई क्षति पुगेको थियो । उक्त दुरघटनाको कारण आ