विरामीसँग कर असुल्ने कानूनमाथि प्रश्नः सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश

२७ मंसिर, काठमाडौं । अस्पतालले विरामीसँग लिने करका सम्बन्धमा सर्वोच्च अदालतले प्रश्न उठाएको छ । अदालतले सोमवार निजी अस्पतालले विरामीबाट लिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर लिइएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली तथा न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्र शमसेर जवरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको …