विश्व कप सिन्ड्रोम

विश्व कपको कारण हुने बजारको बहुलठ्ठीपना तत्काल बिलाइहाल्ने देखिँदैन। यसको कारण फुटबलप्रेमीहरू आफूले जुनसुकै टोलीलाई समर्थन गरे पनि र टोलीहरू जतिसुकै सफल भए पनि दीर्घकालमा उनीहरू सबै अवश्यमेव पराजित हुनेछन् भन्ने निर्विवाद तथ्य मान्न कहिल्यै तयार हुँदैनन्।...

सम्बन्धित सामग्री

अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे

काठमाण्डाै – अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनाेटबाट बाहिरिएकाे छ । लगातार तेस्राे हारसँगै अमेरिका एक खेलअघि नै प्रतियाेगिताबाट बाहिरिएकाे हाे । अमेरिकाको 'सुपर सिक्स' हुँदै विश्व कप खेल्ने सम्भावना सकिएकाे हाे । हिजाे बिहीवार भएकाे खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयाे । अमेरिकाले दिएकाे २ सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंह...

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष इन्फान्टिनियो

काठमाण्डाै - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य  हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका बीबीसीले जनाएको छ । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् । कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रमम...

मेस्सीले भने– ‘याे मेराे अन्तिम विश्व कप’

काठमाण्डाै – अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।  हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।   पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा ...

पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

काठमाण्डाै -  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्न...

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेन...

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

काठमाण्डाै - नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् । २०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।