विराटनगर : माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लोकतान्त्रिक व्यवस्थामा गरिने शान्तिपूर्ण विरोध र असहमतिप्रति सधैँ सम्मान रहने बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘जोसङ्ग सबैभन्दा बढी अपेक्षा विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वाभाविक रुपमा लिएको छु। हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शा