तेस्रो टेस्टका दौरान भारतीय खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गरेको आरोपमा अस्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका थिए । आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो ।क्रिकेट अस्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान