काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो प्यानलमा पदाधिकारीको टुंगो लगाएका छन्। उनको प्यानलबाट उपसभापतिमा चन्द्र गुरुङ र धनराज गुरुङ तथा महमन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम टुंगो लागेको हो। यस्तै सहमहामन्त्रीतर्फ खस आर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, […]