सुदूरपश्चिम - थप तीन एमाले प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गराएका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृ...