कर्णालीमा जनाधार खोज्दै प्रमुख राजनीतिक दलहरु

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन तोकिएसँगै कर्णालीका गाउँ–गाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु आ–आफ्ना ‘एजेण्डा’ अघि सारेर गाउँ केन्द्रित भइसकेका छन् । पार्टीले नेता, कार्यकर्ताहरुलाई संगठन निर्माण, टोल कमिटी गठनदेखि पार्टी प्रवेश गराउने कार्यक्रमलाई तीव्र पारिरहेका छन् ।प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस आगामी चुनावमा पहिलो शक्तिका रुपमा कसरी स्थापित हुने भन्ने रणनीति बुनिरहेका छन् । सोही अनुसार गाउँगाउँमा प्रशिक्षण