सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
नेपाल टेलिकमको १८ औं वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढंगले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य ...