अमेरिका-चीन व्यापार युद्धमा ट्रम्प विजयी होलान् ?

'अमेरिका पहिलो' भन्ने 'अन्धराष्ट्रवादी' नारासहित डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए । अमेरिकन संस्थापन पक्षमा रहेको अमेरिकाको बढ्दो व्यापार घाटाप्रतिको चिन्तालाई ट्रम्पले राम्रोसँग चुनावी नाराका रुपमा उठाए । र, अमेरिकी 'एलिट' वर्गको समर्थन पनि हासिल गरे । तर, अमेरिकाले आफ्नो व्यापार घाटामा खासै कटौती गर्न सकेन । सन् २०१७ मा अमेरिका-चीनबीचको …