४७ अंकले बजार घट्दा ५ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, कुन - कुन कम्पनीको घट्यो ?

असार १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार ४७ दशमलव ५० अंकले बजार घट्दा पाँच ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।  ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५५ प्रतिशतले घटेको छ  । यो दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१० मा झरेको हो । त्यसैगरी हाइड्रो इलेक्ट्रिसिटीको इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव शून्य ७ प्रतिशत,वेष्ट फाइनान्सको ८ दशमलव शून्य १ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७ दशमलव १८ प्रतिशत र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ दशमलव ९० प्रतिशतका दरले घटेको हो । ती पाँच ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । यो दिन हाइड्रो इलेक्ट्रीसिटीको शेयरमूल्य प्रतिकित्ता रू.४६७,वेष्ट फाइनान्सको रू.३३३,श्री इन्भेष्ट मेण्ट एण्ड फाइनान्सको रू.३७५ र सेन्ट्रल फाइनान्सको रू. ३५१ कायम भएको छ । पछिल्लो समय बजार घट्न थालेसँगै लगानीकर्ताले आत्तिएर शेयर विक्री गरेको पाइएको छ । यसअघि ३ हजार विन्दु पार गरेको बजार अहिले आएर २ हजार ८२८ विन्दुमा आइपुगेको छ ।  यसले गर्दा कतिपय लगानीकर्ता पर्ख र हेरको अवस्था रहेका छन् । कतिपय लगानीकर्ता बजार अझ तल आउने होकी भनेर पर्खेर पनि बसेको देखिएको छ । सोही कारण दैनिक रू.  १८ ÷२० अर्ब रुपियाँको हाराहारीमा भइरहेको कारोबार एक साता यता रू. ५ देखि ७ अर्बमा भइरहेको छ ।  

सम्बन्धित सामग्री

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं, १७ कात्तिक । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १६ दशमलव १४ अंकले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५० अंकले घटेर ३७९ दशमलव ४३ विन्दुमा थामिएको छ । नेप्सेको अनुसार आज २२० […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १८० करोडको कारोबार

२३ असार, काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो । बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो । बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर  ३१ हजार २७६ पटक […]

नेप्से ३० अंकले घट्यो

साताको दोस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से आज ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ।  सेन्सेटिभ इण्डेक्स पनि ५.३० अंकले...

आज दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं, ९ चैत्र । साताको कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ विन्दु कायम भएको हो । […]

नेप्से १९.६५ अंकले घट्यो

शेयर बजार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेको छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि घटदै आएको छ।   बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर दुई...

शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो । आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ […]

आज ७० अंकले घट्यो नेप्से

काठमाडौं, १२ असोज । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ […]

शेयर बजारमा पहिरो, नेप्से एकैदिन ११४ अंकले घट्यो

काठमाडौं, असोज ४ । तीन दिनको विदा पछि सोमबार खुलेको शेयर बजारमा पहिरो जाने क्रम जारी रह्यो । नेप्से एकैदिन ३ प्रतिशत बढी अर्थात् १ सय १४ अंकले झरेर २६ सय ९८ मा आएर थामियो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ८ सय अंकको पहिरो गयो । निर्जीबन बीमा समूहमा पनि ६ सय ंअंक बढीको […]

सातामा ६२ अंकले घट्यो नेप्से

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।

नेप्से १७ अंकले घट्यो

काठमाडौं, असार १० । नेप्से परिसुचक घट्नेक्रम जारी छ । सेयर बजारमा कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको छ । २१९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३६९ कित्ता सेयर खरिद बिक्री भएको छ । […]