तामाङको म्हेनिङ अर्थात् दसैं : पितृ पूजा गर्दै भयो शुरु

हेटौंडा : मकवानपुरका तामाङ समुदायले फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै वायु पूजा गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाका तामाङ समुदायले पनि फूलपातीका दिन वायु पूजा गरेका छन्। अकालमा मृत्यु भएकाहरुले कसैलाई नपिरोस् भनेर यस्तो पूजा गरिने रुम्बा समुदायका गुरु हिरा रुम्बाले बताए। फूलपातीमा यहाँका बोम्पो गुरुलाई वायु पूजाका लागि…