नाडाको अध्यक्षमा थापा निर्वाचित

काठमाण्डाै – अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले एक हजार चार सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गर्नुभएको छ । कुल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार चार सय ६३, मिलनबाबु मल्ल एक हजार चार सय ६५, राजनबाबु श्रेष्ठ एक हजार चार सय ५७, सुरेन्द्रक...