लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो । बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा आज साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको उनको