झापाबाट ओलीको आग्रह– स्वस्थ चुनावी प्रतिस्पर्धा गरौँ, नभए लोकतान्त्रिक राजनीति हुँदैन

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । दसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए । “हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो,” उनले भने, “प्रतिस्पर्धा...