काठमाडौँ । उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेपछि बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । आइतबार बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको हो । हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बिहान पौने नौ बजेतिर तालमा ठूलो […]
काठमाण्डाै - मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको उहाँले बताउनुभयो । हि...