काठमाडौं : पटक-पटक निर्वाचन आचारसंहिता मिचेर आचारसंहिताका धज्जी उडाएका राजनीतिक दलका नेता र उम्मेदवारले मौन अवधिमा पनि मौनता साध्न सकेनन्। भोलि शुक्रबार हुने मतदानका लागि २७ गते मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ।यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्