प्रधानन्यायाधीशकाे प्रश्न - वैकल्पिक सरकार एमालेभित्रको हो कि अरू दलको ?

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरू दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा प्रधानन्यायाधीशले वैकल्पिक सरकार भनेको के हो र  यो एमालेभित्रको विकल्प हो कि अरू दलको हो भनी सभामुखतर्फबाट बहसकर्ता रहनुभएका उपेन्द्रकेशरी न्यौपानेसँग सोधनी गर्नुभयो ।   प्रधानन्यायाधीश राणाले...