दुई महिनादेखि सरकारको बाटो कुर्दै पाँचथरका बाढीपहिरो प्रभावित

गत कात्तिक २ गते अविरल वर्षापछि झरेको पहिराले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए । पहिराको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिराको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो …