मदन भण्डारी पत्नी विद्या भण्डारीसँग कृष्णप्रसाद भट्टराई चुनाव लडिरहेका थिए । गुटबन्दी राजनीतिको शिकार भइरहेको कांग्रेसमा रामचन्द्र दाइले 'जितेको कृष्णप्रसाद भट्टराई भन्दा हारेको कृष्णप्रसाद भट्टराई पार्टीका लागि खतरनाक हुन्छ' भन्ने अभिव्यक्ति सार्वजनिक गर्नुभयो । त्यसले राजनीतिक वृत्तमा सरगर्मी ल्यायो । तर भट्टराईले भने चुनाव हारे ।