कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चल्न एमाले खनाल–नेपाल समूहको माग

नेकपा (एमाले)को खनाल–नेपाल समूहले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकले कोरोना भाइरस रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।