लमजुङमा जलेर दम्पतीको मृत्यु

लमजुङ :  लमजुङमा आगलागी हुँदा  दम्पतीको निधन भएको छ। मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्लेमा धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ। आज विहान साढे १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ वर्षीय धर्मराज भण्डारी र उनको ४५ वर्षीय श्रीमती पशुपति भण्डारीको निधन भएको लमजुङ प्रहरी कार्यालयका  प्रहरी निरीक्षक जनकराज रेग्मीले जानकारी दिए। उनिहरुको घटनास्थलमै निधन भएको रेग्मीको भनाइ छ। घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्न