बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र […]
काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ४.८४ अंकले बढेर २५७०.९२ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ । सेसनमा ५४ वटा कम्पनीको कारोबार हुँदा ३१ वटाको मूल्य बढ्यो भने २१ वटा कम्पनीको मूल्य […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन्। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको बताइएको छ। निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल […]
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको […]
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला […]
बागमती– बागमती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार […]