नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमेको बताए । ‘नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो समाप्त पारिदियो । अर्को वामपन्थी मोडल दिने अवसर पनि गुमायौ’, नेता भुसालको भनाइ छ । उनले नेकपा विभाजन