भोलिदेखि आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले सोमबारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै संगठनले असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। असार २४ गते मूल्यवृद्धिका लागि दिएको ७२ घण्टे अल्टिमेटम निगमले बेवास्ता गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको हो।