काठमाडौं : पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए। उनीहरुले अवैध रुपमा कल सेन्टर खोलेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको खड्काको भनाइ छ। उनीहरुलाई अहिले बानेश्वर वित्तमा राखेर थप अनुसन्धान भइरहको छ।