सरकार निजीक्षेत्रका माग सुन्छ मात्र पूरा गर्दैन किन ?

वीरगञ्ज। वीरगञ्जका उद्यमी व्यापारीले बितेको साढे २ महीनायता उद्योग व्यापारका समस्यालाई लिएर सरकारका स्थानीय निकायदेखि सरोकारका विभाग र मन्त्रालयमा पटकपटक चक्कर लगाए । उनीहरूले ती सबै निकायमा भेटेका पदाधिकारी बेग्लाबेग्लै भए पनि उद्यमीका सरोकार एकै थिए ।  उनीहरूले मूलत: सरकारले हालै लागू गरेको आयातित वस्तुमा अनिवार्य लेबलको व्यवस्था, भन्सार मूल्यांकनको प्रक्रिया र भन्सारबाट जाँचपास भएका वस्तु भन्सारको गेट वा राजमार्गमा रोकेर ‘अनुसन्धानका क्रममा दिइने हैरानी’ समाधानको माग उठाउँदै आएका छन् ।  सरकारले गत जेठ १५ गते चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट ल्याएयता वीरगञ्ज उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मातहतमा विभाग र स्थानीय कार्यालय सबैमा तिनै  माग उठाए ।  आफ्ना समस्या लिएर बारम्बार काठमाडौं धाएका व्यापारीले अघिल्लो हप्ता अर्थमन्त्री डा. प्रकाशशरण महतलाई वीरगञ्जमै बोलाएर आफ्ना पीडा सुनाउन भ्याए ।  उद्यमी व्यापारीहरूको अधिक सरोकार राख्ने मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व वीरगञ्ज क्षेत्रकै रमेश रिजालले गरिरहेका छन् । मन्त्री रिजाल गृहनगर आएको मौका होओस् वा मन्त्रालयमै पुगेर उद्यमीहरूले आग्रह गर्न छोडेका छैनन् ।  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रिजाल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई मात्र भेटेन, वीरगञ्जमा दुईओटै भन्सारका प्रमुखलाई छलफलमा राखेर समस्या समाधानका लागि आग्रह गर्‍यो ।  नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिले अर्थ र उद्योग मन्त्रीलगायत विभागीय प्रमुखहरूलाई भेट्यो । वीरगञ्जकै उद्यमी सुबोध गुप्ताले नेतृत्व गरिरहेको यो समितिका माग पनि फरक थिएनन् ।  सरकारका स्थानीय कार्यालयदेखि मन्त्रीसमेतले प्रत्येक पटकको भेटमा निजीक्षेत्रका मागलाई ‘जायज’ भन्छन् । सम्बोधनका लागि पहल गर्ने आश्वासन लिएर फर्किने उद्यमी बारम्बार त्यही माग लिएर ती पदाधिकारीकहाँ पुगिरहेका छन् । अवस्था यस्तोसम्म बन्यो कि, वीरगञ्जका उद्यमीहरूले राजस्व अनुसन्धान कार्यालय पथलैयाविरुद्ध संघर्ष नै घोषणा गरे ।  वीरगञ्ज उद्योग वाणिज्य संघले माग पूरा नभए वीरगञ्ज भन्सारबाट मालसामान नै नछुटाउने चेतावनीसमेत दियो । तथापि, निजीक्षेत्रका माग पूरा हुन सकेका छैनन् । सरकारले निजीक्षेत्रका माग सुनेर किन बेवास्ता गरिरहेको छ ?  महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ सरकार र निजीक्षेत्रबीच विश्वासको सम्बन्ध नभएकाले यस्तो भइरहेको बताउँछन् । निजीक्षेत्रले उठाएको जायज विषयलाई पनि सरकारले शंकाको दृष्टिले हेर्ने गरेको लाठको अनुभव छ ।  सरकारले निजीक्षेत्रका जायज माग सम्बोधनको आश्वासन दिने, तर पूरा नगर्ने प्रवृत्तिका कारण निजीक्षेत्र दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको निचोड उद्यमीको छ । कोरोना महामारीयता अर्थतन्त्र नै समस्यामा परेको भन्दै यस्तो अवस्थामा लगानीमैत्री नीति लिनुपर्नेमा सरकारका नीति पूर्वाग्रही देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको भनाइ छ ।  सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने नाममा उद्योग व्यापारलाई मात्र कस्ने नीति लिएको र त्यसको परिणाम प्रत्युत्पादक निस्किएको बुझाइ आमव्यापारीको छ । विगतमा सरकारले लिएको आयात नियन्त्रणको उपायले अवैध कारोबार बढाएको र राजस्वमा नकारात्मक प्रभाव परेपछि सरकार आफै त्यो नीतिबाट पछि हटेको अनुभव छ, महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको । ‘सरकारले निजीक्षेत्रलाई विश्वास नगर्नु भनेको अर्थतन्त्रलाई नै समस्यामा पार्नु हो । सरकार निजीक्षेत्रप्रति अनुदार भएर हुँदैन,’ टेमानी भन्छन् । निजीक्षेत्रका मागमा सरकार संवेदनशील हुनुपर्ने महासंघ व्यापार समितिका अध्यक्ष सुुबोध गुप्ता बताउँछन् । ‘माग सुन्नेमात्र, तर पूरा नगर्ने प्रवृत्ति देखियो । उद्योग व्यापारलाई समस्यामा पारेर अर्थतन्त्रको अग्रगति कसरी सम्भव हुन्छ ?’ गुप्ताको प्रश्न छ । उद्यमी व्यापारी र तिनका संस्थाका अगुवाले निहित हितका कुरामात्र गर्दै आएको बुझाइ सरकारी पक्षको छ । स्वयम् व्यापारीहरू पनि यो कुरा स्वीकार गर्छन् । तर, सीमित व्यक्तिको गलत प्रवृत्तिका कारण समग्र निजीक्षेत्रलाई शंका गर्नु उचित नहुने तर्क महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष लाठको छ । व्यापारीका सबै नेता इमानदार नभएको पनि उनी स्वीकार गर्छन् ।  लाठ भन्छन्, ‘केहीले पद र पहुँचको दुरुपयोग गरेका पनि होलान् । तर, सबैलाई अविश्वास गरेर हुँदैन । सरकारलाई व्यापारीले आफ्नो स्वार्थको कुरामात्र गर्छन् भन्ने लाग्छ भने निजीक्षेत्रका विश्वासयोग्य विज्ञलाई राखेर सल्लाहकार समिति बनाओस् । त्यसको परामर्शमा नीति बन्यो भने समाधान निस्किन सक्छ ।’ अहिले सरकारले ल्याएका विज्ञहरूले अर्थतन्त्रको समस्या र सरोकारबारे ‘ग्राउन्ड रियालिटी’ नै नबुझेको दाबी उनको छ ।

सम्बन्धित सामग्री

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।...

एनआरएनएका दुई माग तत्काल पूरा हुने ओलीको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीले राखेका नागरिकता र नेपालमा लगानी गर्ने माग तत्काल पूरा हुने बताएका छन् । गैरआवासीय नेपाली संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राखेका माग सबै जायज भएको भन्दै केही माग तत्काल पूरा हुने बताए ।“गैरआवासीय नेपाली नागरिकताको माग नाजायज छैन । […]

एनआरएनएका माग पूरा गर्न सरकारलाई दबाब

गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाइदिन उनीहरुले माग गरेका हुन् ।त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली […]

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो ।

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न

किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं : सीके राउत

२६ माघ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् । किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा […]

माग पूरा नभए बालुवाटार घेर्ने शिक्षकको चेतावनी

काठमाडौं, साउन २२ । आफ्ना माग पूरा नभए अधिकार प्राप्तिका लागि बालुवाटार घेराउ गर्न लाखौँ शिक्षक सडकमा उतार्ने चेतावनी नेपाल शिक्षक महासंघले दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुक्रबार भएको धर्ना कार्यक्रमा बोल्दै महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले ३४ सुत्रीय माग पुरा नभए सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो । शिक्षकलाई […]

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको