आर्मीलाई राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले एपीएफलाई ४०–१६ ले हराएको छ । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ […]