खुलामञ्चलाई 'पार्किङ' स्थल बनाउन लागिएको भन्दै महानगरपालिकाको कार्यालय अगाडि विरोध

काठमाण्डौ – खुलामञ्चलाई पार्किङ स्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ ।  काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरूले आज सोमवार महानगरको निर्णयको विरोध गरेका हुन् । उनीहरूले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् ।  अभियन्ताहरूले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व मासिने गरी पार्किङ बनाउन नहुने बताएका छन् ।स्थानीयवासी र संरक्षण अभ...