राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समेटिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताइएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।मन्त्री आलेले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो बाह्य र आन्तरिक हवाई चाप घटाउन पनि निजगढ आवश्यक परेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारूपमा निजगढ विमानस्थल बनाउनै पर्ने समेत बताए ।&