नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगी व्यवसायीहरुले विशेष छुटको व्यवस्था गरेको छ । यस्तो छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल (जरिवाना) ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको हो । यस्तो छुटमा बैंकहरुले ऋणीबाट थप दस्तुर लिन नपाउने बैंकले जनाएको हो ।