महामारीमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढ्योः नेपालमा दैनिक १९ जनाले हात्महत्या गर्छन्

काठमाडौं।कोरोना महामारीकाबीच गत आर्थिक वर्ष २०७७/७८ मा हात्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ।गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना भएको नेपाल प्रहरीले जनाएको छ।२०७६/७७ मा यो संख्या ६ हजार २४१ थियो।गत वर्ष आत्महत्यका घटना १४.०४ प्रतिशतले वृद्धि भएको छ।औषत दैनिक १९ जनाले नेपालमा आत्महत्या गरेको देखिन्छ। गत वर्ष हात्महत्या गर्नेमध्ये ५हजार७२० जनाले भुण्डिएर, १हजार२७६ जनाले विष खाएर गरेका थिए।

सम्बन्धित सामग्री

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस […]