चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् । बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकको दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रलाई लक्षित गरि खोप अभियान सञ्चालन गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् भने त्यस क्षेत्रका अगुवाह