युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा संख्या बच्चाहरुको रहेको छ । लडाइ सुरु भएपछि प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनिरहेको युनिसेफको भनाई छ ।कयौं बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएको समेत